logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१६ वर्षीय सोनाम सगरमाथाको चुचुरोमा


अंकुरण खबर
715
Shares

ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन्।

उनले आज बिहान ८ः५० बजे बुवा पूर्णकुमार शेर्पासँगै सगरमाथाको सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिसन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले बताए। हिमालयनले नै उनको आरोहणको व्यवस्थापन गरेको थियो।

सोनाम आवश्यक तयारीका लागि एक महीनाअघि नै सगरमाथा आधारशिविर पुगेका थिए। उनका बुवा पूर्णकुमार २४ वैशाखमा अनुमतिपत्र लिएर आरोहणमा गएका थिए।

प्रबन्धक पौडेललका अनुसार, मौसममा आएको खराबीले केही दिन उनीहरू आधारशिविरमै बसेका थिए। मौसम खुलेसँगै अघि बढेका बाबुछोरा आज सगरमाथाको चुचुरोमा पुगेका हुन् ।