logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विपक्षी गठबन्धन भोलि मात्रै अदालत जाने


अंकुरण खबर
832
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलले भोलि सोमबार मात्रै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज समय अभावका कारणले रिट दर्ता हुन नसकेको बताए । ‘आजै जाने विचार थियो । नागरिकता, हस्ताक्षर सहितका कागजात तयार गर्न समय लाग्यो,’ उनले भने, ‘अब भोलि बिहान पहिलो चरणमै जान्छौं ।’

अध्यक्ष दाहालले अस्ति हस्ताक्षर गरेका १४९ जनाभन्दा पनि बढी सांसदको हस्ताक्षर हुने भएकाले भ्रममा नपर्न आग्रह गरे ।