सिरहामा पेस्तोल सहित तीन जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिका १ मटियर्वाका २५ वर्षिय करण पूर्वे, सोही ठाउँका २२ वर्षिय संजय कुमार महतो र २४ वर्षिय धर्मेन्द्र महतो रहेका छन् ।
ईन्द्रदेव ठाकुरको घरमा चोरी भएको घटनामा अनुसन्धान गर्ने क्रममा पूर्वेको घरमा पनि खोजतलाश गरिएको थियो । सोही क्रममा कटुवा पेस्तोल, गोली समेत बरामद भएपछि तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसी) शालिग्राम शर्माले बताए ।
पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको छ ।