logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड संक्रमण अझै बढ्नसक्छ : स्वास्थ्य मन्त्रालय 


अंकुरण खबर
741
Shares

नेपालमा कोभिड संक्रमण अब नियन्त्रण नभए संक्रमण दर अझै बढ्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले संक्रमितको संख्या घटेको देखिए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे यो संख्या बढेर जाने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सरुवा रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले नेपालमा कोभिड संक्रमण चरम बिन्दुमा पुगेको तर समयमै परीक्षण नगर्ने हो भने यो संख्या घट्नुको साटो बढेर जाने बताइन् ।

नेपालमा अहिले ५० जिल्लामा संक्रमण व्यापक रहेको भन्दै उनले पोजेटिभिटी दर ४६.७ प्रतिशत रहेको बताइन् । जुन अघिल्लो लहरमा उच्च बिन्दुमा पुगेको समयभन्दा २१.७ प्रतिशतले बढी हो ।