logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा मात्रै थपिए २८ सय २१ जना कोरोना संक्रमित


अंकुरण खबर
611
Shares

काठमाडौं उपत्यकामा आइतबार २ हजार ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा १ हजार ७२१ जना, भक्तपुरमा ३६६जना र ललितपुरमा ६९४ जना गरी थप २ हजार ८ सय २१ जना थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, आज देशभर ७ हजार ६६४ जना संक्रमित निको भएका छन् भने थप १९३ जना संक्रमितको मृत्यु भएको छ ।