logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महोत्तरीको सीमा नाकामा झडप, एक प्रहरी र आठ व्यापारी घाइते


अंकुरण खबर
3.289K
Shares

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएको छ ।

झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् ।

बोर्डर आउट पोष्ट ९बिओपी० मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गएराति करिब ८ बजे ५०÷६० जनाको भारतीय समूहले २ नं। बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेका थिए ।

ढुंगामुढाबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ । सो समूहले कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ ।

स्थानीयले भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि ढुंगामुढा गरेको बताएका छन् । यता भारतीय व्यापारीहरुले भने सशस्त्र प्रहरीका जवानहरुले सरसामान सीमा कटाएवापतको पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् ।

सशस्त्र प्रहरीको कुटाइबाट आठ भारतीय व्यापारी घाइते भएको उनीहरुको भनाइ छ ।