logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्यमन्त्रीको उपस्थितिमा ३ बजे भर्चुअल पत्रकार सम्मेलन हुँदै


अंकुरण खबर
858
Shares

कोभिड-१९ संक्रमण व्यवस्थापन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) अपराह्न ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा हुने उक्त पत्रकार सम्मेलनमा कोरोना संक्रमणकै विषयमा छलफल हुने जनाइएको छ ।

देशभर कोरोना संक्रमणमा वृद्धि हुनुका साथै संक्रमितको मृत्युदरसमेत बढेको विषयलाई प्रथमिकतामा राखी त्यसको व्यवस्थापनका लागि के गर्ने भन्ने विषयमा छफफल हुन लागेको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए ।

पत्रकार सम्मेलन भर्चुअल विधि अपनाई जुममार्फत सम्पन्न गरिने डा. अधिकारीले बताए ।