logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवालाई प्रधानमन्त्री र प्रतिनिधिसभा पुनःस्थापना गर्नु पर्ने माग राखी सर्वोच्चमा रिट दर्ता गरेर फर्किए विपक्षी गठबन्धन


अंकुरण खबर
1.313K
Shares

संविधानको धारा ७६(५)अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दर्ता गरेर फर्किएका छन् ।

आज(सोमवार) १६४ सांसदको हस्ताक्षरसहित दिउँसो विपक्षी गठबन्धनका सांसद्ले रिट दर्ता गराएका हुन् । देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने परमादेश र प्रतिनिधिसभा पुनःस्थापनाको आदेश माग राखिएको जानकारी गराए ।

‘संविधानसम्मत रूपले प्रतिनिधि सभाको कायम संख्याको बहुमत कायम गरेर संविधान बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्ने र प्रतिनिधि सभाको पुनर्गठन गर्नु पर्ने विपक्षीको मूख्य माग रहेको छ ।

रिट दर्ता गर्न कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपालसहित नेताहरू सर्वोच्च पुगेका थिए ।

रिट निवेदनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल पक्षका २३, जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी १ गरी १४६ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका थिए ।