पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको हो ।
पिसिआर विधिबाट ७ हजार २२० र एन्टीजेन विधिबाट २०५ जना संक्रमित पुष्टि भएका हुन् । हाल देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १८५ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै, आज थपिएका कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा धेरै छन्। उपत्यकामा एकैदिन दुई हजार ७ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंका एक हजार ८ सय ६ जना, भक्तपुरमा २ सय ९८ जना र ललितपुरमा ६ सय ८१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।