logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा गोली लागेका माओवादी नेताको मृत्यु


अंकुरण खबर
585
Shares

कपिलवस्तुमा गत बुधवार गोली लागेका नेकपा (माओवादी केन्द्र) का नेता दीपक पाण्डेको मृत्यु भएको छ।

उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । गोली लागेर घाइते भएका पाण्डेको भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सोमबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।

उनलाई गत बुधबार मोटरसाइकलमा आएका तीन जनाले गोली प्रहार गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरिएको छ ।

दुवै जनाले गोली हानेको स्वीकारेको प्रहरीले जनाएको छ । उनीहरूले व्यक्तिगत लेनदेनका विषयमा झगडा भएपछि गोली हानेको बयान दिएका छन् ।