logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनीका जसपा चार सांसदले मतदालन गर्न नपाउने


अंकुरण खबर
2.249K
Shares

लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा उपविर्नाचनमा जसपाका चार सांसदले मतदान गर्न नपाउने भएका छन्।

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट सांसदमा थमौती पाएका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले जेठ १७ गते हुन राष्ट्रियसभा उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन्।

लुम्बिनी प्रदेशसभामा पार्टीको निर्णय विपरित मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्दै मन्त्री बनेपनि जसपाको उपेन्द्र यादव समूहले उनीलाई कारबाही गर्दै प्रदेशसभा सदस्यबाट हटाएको थियो।

सर्वोच्चले जेठ ३ मा उनीहरु चारै जनालाई प्रदेशसभा सदस्यमा थमौती गर्न अन्तरिम आदेश जारी गरेको थियो । तर, सर्वोच्चले अन्तरिम आदेश जारी गर्दा निर्वाचन आयोगले अन्तिम मतदाता नामावली जारी गरीसकेकाले उनीहरुले उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका हुन्।

आयोगको अन्तिम मतदाता नामवलीमा ७९ प्रदेशसभा सदस्यको मात्रै नाम समावेश गरेको छ। ८७ प्रदेशसभा सदस्य रहेकोमा जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई र एमालेबाट राजीनामा गरेका दुई गरी आठ जनाको नाम मतदाता नामावलीमा समावेश छैन ।

जेठ १७ मा हुने उपनिर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ ।