logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वसभामुखहरूसँग छलफल गर्दै सभामुख सापकोटा


अंकुरण खबर
2.041K
Shares

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (मंगलबार) अपराह्न १ बजे पूर्वसभामुखहरूसँग छलफल गर्न लागेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा संसद विघटनपछि उत्पन्न पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुन लागेको हो ।

प्रधानमन्त्री केपी ओलको  सिफरिसमा गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । सभामुख सापकोटाले पनि सो कदमको विरोध जनाइसकेका छन् ।

संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका तर्फबाट १ सय ४६ सांसदले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन् ।