logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विरोधका गतिविधि नियन्त्रणका लागि सरकारद्वारा ‘स्वास्थ्य संकटकाल’ लगाउने तयारी


अंकुरण खबर
2.015K
Shares

सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । सरकारले स्वास्थ्य संकटकाल लगाएर विरोधका गतिविधि नियन्त्रण गर्ने तयारी गरेको हो ।

स्वास्थ्य संकटकाल लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाइसकेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयस त्रिपाठीका अनुसार कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउने तयारीका लागि मन्त्रालयले विज्ञ र सरोकारवालासँगको छलफल गरेर अघि बढिसकेको छ ।

‘विज्ञहरूले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ,’ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘मन्त्रालयले अहिलेको अवस्था विश्लेषण गर्दा संक्रमण घट्न अझै चार साता लाग्ने अनुमान गरेको छ, त्यसैले विज्ञको सुझाव अनुसार स्वास्थ्य संकटकाल लगाउने तयारी गरिएको हो ।’

स्वास्थ्य मापदण्ड अझ कडाइका साथ पालना गरेर संक्रमण न्यून गर्न पनि संकटकालको प्रस्ताव अघि बढाएको स्वास्थ्य सचिव लक्ष्मण अर्यालको भनाइ छ ।

निषेधाज्ञा शुरू भएको करिब एक महिनामा भइसक्दा पनि काठमाडौं उपत्यकासहित देशभर संक्रमितको संख्या उल्लेख्य रूपमा घट्न सकेको छैन ।