logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा थप १० जनाको कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
702
Shares

कोरोना भाइरस संक्रमणक कारण बाँकेमा थप १० जनाको मृत्यु भएको छ ।

बाँकेका विभिन्न अस्तापलमा उचारका क्रममा उनीहरुको मृत्यु भएको हो। जसमा बाँकेका ५, दाङका ३ र बर्दियाका २ जना छन्।

बैजनाथ गाउँपालिका–४ बाँकेका ३८ वर्षीया महिला, कोहलपुर नगरपालिकाका ४७ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै, नेपालगञ्ज उपमहानगरपालिका–१८ की ८५ वर्षीया, कोहलपुर नगरपालिका–१० बाँकेकै ७१ वर्षीय पुरूष र खजुरा गाउँपालिका–४ की ३२ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–८ र १२ दाङका ५६ वर्षीय पुरूष र ४० वर्षीया महिलाको भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको छ। दाङकै घोराही उपमहानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका बाँसगढी नगरपालिका–३ बर्दियाका ६५ वर्षीय पुरूष र बढैयाताल गाउँपालिका–६ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

योसँगै बाँकेमा अहिलेसम्म ५ सय ३० जनाको मृत्यु भइसकेको छ । जसमा बाँकेका २ सय ७९ र बाहिरी जिल्लाका २ सय ५१ जना रहेका छन् ।