बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात ‘यास्’ को असर नेपालमा पनि परेको छ ।
जसकारण देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
यसको असर शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो चक्रवात उत्तरदेखि उत्तरपश्चिमतर्फ जाने अनुमान गरिएको छ ।
आज साँझसम्म चक्रवात अझ शक्तिशाली हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ ।
यस प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।