नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दिनेगरी जारी गरेको नागरिक बचतपत्रमा आजदेखि आवेदन खुला गरेको छ ।
बैंकले कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गरेको हो । ५ वर्षे अवधिको यस्तो बचतपत्रमा लगानी गरेपछि ६–६ महिनामा ब्याज पाइने छ ।
कम्तीमा १० हजार रुपैयाँ र त्यसपछि १० हजारले भाग जाने निःशेष अंकमा लगानी गर्न सकिन्छ । यस्तो बचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखेर आवश्यक परेको खण्डमा ऋण पनि लिन पाइन्छ ।
आज ९जेठ ११ गते०देखि आगामी असार १ गतेसम्म यसमा लगानीका लागि आवेदन दिन सकिन्छ । ५ वर्षपछि अर्थात् २०८३ असार ६ गते यसको लगानी अर्थात् साँवा रकम फिर्ता हुने छ ।