logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापान र श्रीलंका भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह


अंकुरण खबर
741
Shares

अमेरिकाले कोरोना भाइरसको संक्रमण बढेको भन्दै जापान र श्रीलंका भ्रमण नगर्न आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ ।

यसअघि अमेरिकाले आफ्ना नागरिकलाई भारत नजान भन्दै ट्राभल एड्भाइजरी जारी गरिसकेको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सूचना जारी गर्दै भ्रमण नगर्न भनेको हो । अमेरिकाले लेभल–४ को स्वास्थ्यसम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापान र श्रीलंकालाई पनि राखेको समाचारमा उल्लेख छ ।

साथै, जापानको अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएकाले अमेरिका फर्कनुपर्ने आफ्ना नागरिकहरुलाई राजदूतावासमा सम्पर्क राख्नसमेत आग्ह गरिएको छ ।