logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख र पूर्वसभामुखबीच छलफल सुरु, नेम्वाङ अनुपस्थित


अंकुरण खबर
702
Shares

सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसभामुखहरूबीच छलफल सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सभामुख र पूर्वसभामुखबीच छलफल सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारेमा रायसुझाव लिन सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा पूर्व सभामुखहरू ओनसरी घर्ती, कृष्णबहादुर महरा, रामचन्द्र पौडेल सहभागी छन् । तर एमाले संसदीय दलका उपनेता समेत रहेका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ भने छलफलमा सहभागी छैनन् ।

नेम्वाङले कार्यव्यस्तताका कारण छलफलमा सहभागी हुन नसक्ने सभामुख सापकोटालाई जवाफ पठाएका छन्।