logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटनको मुद्दा : १४६ सांसदको रिटमा आज सुनुवाई नहुने


अंकुरण खबर
676
Shares

संसद पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित सर्वोच्चमा परेको रिटको आज सुनुवाई नहुने भएको छ ।

सोमबार कांग्रेस, माओवादी केन्द्र, एमाले माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्च आदलतले मंगलबार (आज) का लागि दुई वटा मात्र इजलास तोकिएका छन् । तर ति दुवै इजलासमा संसद विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिट समावेश गरिएको छैन ।

शुक्रबार राति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।