logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीश र प्रधानमन्त्रीको मध्यरातमा भेट भएको छैन : सर्वोच्च अदालत (विज्ञप्तिसहित)


अंकुरण खबर
1.807K
Shares

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सामाजिक सञ्जालमा ओली र प्रधानन्यायाधीश राणाबीच मध्यरातमा भेटघाट भएका खबर सार्वजनिक भएका थिए। उक्त खबर खण्डन गर्दै सर्वोच्चले ओली र राणाबीच भेट नभएको प्रष्ट पारेको छ ।

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्तिमार्फत भनेका छन्, ‘उल्लेखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवं यस प्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेदजन्य विषय हो ।’

सर्वोच्चले न्याय सम्पादनको कार्यलाई विवादित नबनाउन पनि आग्रह गरेको छ ।

यस्तो भनिएको छ सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिमा :