नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी २२ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। सोही अवधिमा देशका विभिन्न ठाउँमा ६३० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । निको हुने दर ७६.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ७०० पुगेको छ ।