logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थपियो, किराना पसल खोल्न नपाइने


अंकुरण खबर
793
Shares

कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा २० जेठसम्मलाई बढाइएको छ ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले एक साता निषेधाज्ञा बढाउने निर्णय लिएका हुन् । संक्रमण नघटेको र आवागमन पनि कायमै रहेकाले निषेधाज्ञा बढाउने निर्णय गरिएको उनीहरूले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाका तीनवटै जिल्लामा जेठ १४ गते बिहान ६ बजेबाट शुरू हुने निषेधाज्ञा जेठ २० गते राति १२ बजेसम्म कायम रहने भएको छ ।

थप गरिएको अवधिमा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर लगायतका अन्य पसल पूर्ण रूपमा बन्द गरिने पराजुलीले बताए ।  उनले निषेधाज्ञा पूर्ण ठप्प गर्ने निर्णय गरिएकोले एक हप्ताका लागि खाद्यान्नको जोहो गरिराख्न सबैलाई आग्रह समेत गरे । त्यसका लागि अझै दुई दिन समय बाँकी रहेको उनको भनाइ छ ।

१४ गतेबाट बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यास पसल खोल्न पाइनेछ भने किरानालगायतका पसल खोल्न रोक्ने लगाइने भएको छ ।

यस भन्दा अगाडि थपिएको निषेधाज्ञाको अवधि १३ गते मध्यराति १२ बजे सकिँदैछ ।