logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज २५६५ औँ बुद्ध जयन्ती, बुद्धका उपदेश आत्मसात् गरे राष्ट्रिय एकता कायम हुन्छ : राष्ट्रपति


अंकुरण खबर
1.859K
Shares

आज वैशाख शुक्लपक्ष पूर्णिमा, शान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती ।

बौद्धदर्शनका प्रवत्र्तक राष्ट्रिय विभूति गौतम बुद्धको जन्म,ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको दिनलाई विश्विभरका बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीको रुपमा मनाउने गर्छन् ।

जन्मजयन्तीकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिका दीप फैलाउने भगवान गौतमबुद्धको जन्म नेपालमा हुनु नेपालीको गौरबको विषय भएकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमीहरुमा सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।

उनले बुद्धजयका विश्व प्रख्यात वाणीहरु व्यावहारमा आत्मसात् गरि धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्‍भाव,बन्धुत्वको भावना जनाए वर्तमानका सबै समस्या समधान गर्न मद्यत पुग्ने जनाएकी छिन् ।

त्यस्तै राष्ट्रपतिले किराँत समुदायको पर्व उभौलीको पनि शुभकामना व्यक्ति गरेकी छिन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राई, लिम्बू, याक्खा, सुनुवारलगायत महानुभावमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । उनले उभौली पर्व मौलिक पहिचान भएकाले यसको संरक्षण संवद्धन गरि अगाडी बढ्न र अहिलेको कोभिड महामारीमा सुरक्षित भएर मनाउन पनि आग्रह गरेकी छिन् ।

जाडो सकिएर गर्मी शुरु हुने बेला अर्थात् वसन्त ऋतुको आगमनसँगै मानिस, जीवजन्तु तथा पशुपक्षी बेँसीबाट लेकतिर बसाइँ सर्ने समयमा पितृ र प्रकृतिपूजक किराँत समुदायले वैशाख पर्णीमाको दिन उभौली पर्व मनाउँछन् ।

विशेषगरी पूर्वी पहाड र तराईका जिल्लाका साथै काठमाडौं उपत्यकामा बसोबास गर्दैआएका किराँत समुदायले यो पर्वलाई भव्यताका साथ मनाउँछन् ।