नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रिनु परिवर्तनगामी शक्तिका सामु आज एक मात्र विकल्प रहेको बताएका छन् ।
आज २५६५ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न आह्वान गरेका छन् ।
गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याउनु भएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको प्रचण्डको भनाइ छ ।
यस्तो प्रचण्डको शुभकामना सन्देश:
