logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुद्ध जयन्ती र उभौलीमा देउवाको शुभकामना


अंकुरण खबर
1.274K
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्ती र उभौलीको अवसरमा शुभकामना दिएका छन् ।

देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश दिदै भनेका छन्, ‘विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।’

त्यस्तै, उनले उभौलीका अवसरमा किराँत समुदायलाई पनि शुभकामना दिएका छन् । देउवालो भनेका छन्, ‘किराँत समुदायको महान् पर्व उभौलीको अवसरमा पनि सबै किराँत  दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’