logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

देउवा निवास बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक


अंकुरण खबर
806
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक जारी छ ।

पूर्वपदाधिकारीसहित बसिरहेको बैठकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र थप कदमबारे छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जनाएका छन् ।

बैकल्पिक सरकार बन्ने अवस्था हुँदा हुँदै राष्ट्रपतिले मुलुकलाई चुनावमा पुर्याएको भन्दै विपक्षी दलहरूसँग मिलेर कांग्रेस कानूनी र राजनीतिक प्रतिवादमा उत्रिएको छ ।

गठबन्धनमा रहेका पाँच दलको १४६ सांसदको समर्थनमा देउवाले आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका छन् ।