logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनतामा आतंक फैलाएर राजनीतिक स्वार्थ पुरा गर्ने सरकारको नियत : कांग्रेस


अंकुरण खबर
533
Shares

नेपाली कांग्रेसले कोभिड-१९ संक्रमण रोक्नेभन्दा त्रास फैलाएर सरकारले आतंक फैलाउन खोजेको निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकार कोरोना संक्रमण नियन्त्रण गर्नेभन्दा कोभिडको त्रास फैलाएर आफ्ना अवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरको निष्ष्कर्ष निकालेको हो ।

संक्रमणको आडमा जनतालाई आतंक फैलाउने र राजनीतिक स्वार्थ पुरा गर्ने नियत देखिएको भन्दै बैठकले भत्र्सना गरेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

कोरोना महामारीमा पनि सरकारले अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्ने, पीसीआर परीक्षणको दायरा विस्तारित गर्ने र गाउँगाउँका नागरिकलाई पनि उपचारको दायरामा पु¥याउने सार्थक प्रयास गर्न नसकेको कांग्रेसको ठहर छ ।

काग्रेसले सरकारले असंवैधानिक बाटोबाट राज्यसत्ता कब्जा गर्ने र अधिनायक शासन चलाउने नियत राखेको भन्दै राजनीतिक रुपमा पनि शसक्त प्रतिवाद गरिने बताएको छ ।