logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अक्सिजन सिलिन्डर समयमै फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


अंकुरण खबर
1.274K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू समयमा नै फिर्ता गर्न आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार एक सूचना सार्वजनिक गर्दै केहि दिनदेखि अस्पतालमा सहज भएको अक्सिजन आपूर्ति व्यवस्थामा सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगहरुमा भर्नको लागि फिर्ता नपुग्ने समस्या बढ्न थालेको जनाएको हो ।

एउटा उद्योगको अक्सिजन सिलिण्डर अनेन्त्र लाने क्रमसमेत बढेकोले त्यसले आगामी दिनमा समस्या निम्त्याउन सक्ने भन्दै मन्त्रालयले उत्पादक कम्पनी तथा अस्पतालमा पुग्ने गरेर व्यवस्था मिलाउन आग्रह गरेको छ ।

‘अक्सिजन सिलिन्डरहरू देशका दूरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैजना संवेदनशील बनिदिनु हुन अनुरोध छ’ -मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।