logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै, १४५ जनाको मृत्यु


अंकुरण खबर
1.69K
Shares

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आज देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा ६ हजार ७१६ जना कोरोना संक्रमित निको भएका छन् । मन्त्रालयको तथ्यांक हेर्दा आज कोरोना संक्रमित हुने भन्दा जित्नेको संख्या धेरै छ ।

देशभर हाल १ लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ ।