पर्सा जिल्लामा जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ ।
बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले जिल्लामा जारी निषेधाज्ञा जेठ २० गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।
पर्सामा वैशाख १६ गते निषेधाज्ञा जारी छ । जिल्लामा जारी निषेधाज्ञा संक्रमणको चेनब्रेक गर्न उपयोगी देखिएकाले एक साताका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।