logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको ओली पक्षले १२ नेतालाई पठायो स्पष्टीकरण पत्र


अंकुरण खबर
3.861K
Shares

नेकपा एमालेको ओली पक्षले पार्टीका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।

संसद विघटनविरुद्ध उत्रदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सपथ खुवाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेका थप १२ नेतालाई बुधवार स्पष्टीकरण पत्र पठाएको हो ।

नेताहरुलाई स्पष्टीकरण बुझाउन २४ घण्टे अल्टिमेटम दिइएको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेको ओली पक्ष घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण पत्र पठाएको हो ।

सोमबारको ओली पक्षीय स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जना सांसदलाई पार्टी सदस्यताबाट निश्कासन गरेको थियो । तर निश्कासन गरिएका भनिएका नेताहरुले भने ओलीले गरेको कारबाहीको कुनै अर्थ नरहेको बताउदै आएका छन् ।