कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे दुई साताभित्र निर्णय हुने भएको छ ।
बुधवार भएको भर्चुअल छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले नयाँ शैक्षिक सत्र र परीक्षाबारे निर्णयमा पुग्न समस्या भएको बताए । तर एसईईबारे एक दुई हप्ताभित्र निर्णय गरिने उनको भनाई छ ।
छलफलमा वार्षिक परीक्षा सम्पन्न गरेका विद्यालयले नयाँ शैक्षिक सत्र सञ्चालन गर्न सक्ने उनले स्पष्ट पारे । कक्षा ८, १० र १२ बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्ने उनले बताए ।