logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटन सम्बन्धी रिटको सुनुवाई सर्वोच्चमा आजदेखि सुरु हुँदै


अंकुरण खबर
2.912K
Shares

दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको विषयमा पक्ष र विपक्षमा परेका रिट निवेदनहरुको सुनुवाई बिहीबारदेखि सुरु हुँदैछ ।

सर्वोच्च अदालतले साधारण क्षेत्राधिकारतर्फ दर्ता भएका १९ वटा रिटको सुनुवाई बिहीबार र संवैधानिक इजलासमा जाने गरि दर्ता भएका ११ थान रिटको सुनुवाई शुक्रबारका लागि पेशी तोकिएको छ ।

गएको सोमबार १४६ जना सांसदहरुको सहित २८ वटा रिट दर्ता भएकोमा मंगलबार थप दुईवटा दर्ता भएका छन् । विपक्षी गठबन्धनका १४६ जना सांसदमध्ये १३९ जना आफै उपस्थित भएर निवेदनमा सनाखत गरि रिट दिएका छन् भने बाँकी ७ जनाले वारेसमार्फत उपस्थिति जनाएका थिए।

संसद पुनर्स्थापन गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २६ वटा र राष्ट्रपतिको कदम सदर गर्नुपर्ने माग रहेका ४ वटा निवेदन छन् ।

चारवटा निवेदनमा ओलीलाई नै प्रधानमन्त्री तोकेर चुनाव जाने निर्णयलाई वैधानिकता दिनुपर्ने माग गरिएको छ। साधारण इजलासमा पेशी तोकिए पनि सुनुवाईका लागि भने सबै रिट संवैधानिक इजलासमा जाने संभावना छ।