logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै भिल्लारियल बन्यो युरोपा लिग च्याम्पियन


अंकुरण खबर
780
Shares

स्पेनिस क्लब भिल्लारियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो ।

निर्धारित र थप गरिएको समयमा १–१ को बारबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । भिल्लारियलका लागि २९ औँ मिनेटमा मोरेनो तथा म्यानचेस्टर युनाइटेडका लागि ५५ औँ मिनेटमा एडिन्सन काभानीले गोल गरेका थिए ।

दुवै तर्फबाट थप गोल हुन नसकेपछि भएको टाइब्रेकरमा भिल्लारियल ११–१० ले विजयी भयो । भिल्लारियलको इतिहासमा उसले पहिलोपटक प्रमुख उपाधि उचालेको हो ।