logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटनका १९ रिट प्रधानन्यायाधीशको बेन्चमा


अंकुरण खबर
624
Shares

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले दोश्रो पटक गरेको प्रतिनिधिसभा विघटनको मुद्धा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको बेन्चमा परेको छ ।

आज हुन लागेको प्रारम्भिक सुनुवाईका लागि प्रधानन्यायाधीश जवराले आफ्नै बेन्चमा सुनुवाई गर्न लागेका हुन् । संसद विघटन विरुद्ध परेका १९ सिटको आज सुनुवाई हुन लागेको हो ।

विपक्षी गठवन्धन पहिलो सुनुवाईमै अन्तिरिम आदेश ल्याउने प्रयासमा लागिरहेका बेला प्रधानन्यायाधीशको बेन्चबाट कस्तो आदेश आउछ रु भन्ने कौतुहलताको विषय बनेको छ ।

यस अघि भएको संसद विघटनको मुद्धा भने प्रधानन्यायाधीश जवराकै नेतृत्वको संवैधानिक इजलासले पुनस्थापना गर्ने निर्णय सुनाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।