प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संविधानविद्, कानुन व्यवसायीसँग परामर्श गर्ने भएका छन् ।
केही दिन अघि पूर्वसभामुखसँग छलफल गरेका सभामुख सापकोटाले आज संविधानविद्, कानुन व्यवसायीसँग परामर्श गर्ने भएका हुन् ।
सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार बिहीबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग प्रतिनिधिसभाको जेठ ८ गते गरिएको असंवैधानिक विघटनका विषयमा सभामुख सापकोटाले परामर्श गर्न लागेको छन् ।