आज विहीबार सुनको मूल्य उकालो लागेको छ । मङ्गलबारको तुलनामा आज सुनको भाउ ७०० रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला १ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।