logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिविले वर्षे र हिउँदे बिदा नदिने


अंकुरण खबर
1.495K
Shares

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यो वर्ष वर्षे र हिउँदे बिदा नदिने भएको छ ।

त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालका अनुसार कोरोना महामारीले नियमित पठनपाठन अवरुद्ध भएकोले बिदा कटौति गरिएको हो ।

बन्दाबन्दीसँगै भौतिक उपस्थितिको पढाइ बन्द गरेर वैकल्पिक माध्यमबाट गरिरहेको त्रिविले जनाएको छ । शिक्षक, कर्मचारी सम्बन्धित निकाय प्रमुखसँग नियमित सम्पर्कमा रहने र आवश्यक परे कार्यालयमा उपस्थिति जनाउनुपर्ने त्रिविको भनाइ छ ।

शिक्षाध्यक्ष भुसालले बन्दाबन्दीको समयलाई कर्मचारी र शिक्षकको हकमा कोभिड काज जनाउने जानकारी दिए । रोकिएका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको भुसालको भनाइ छ ।