logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोहलपुरमा छोराको हत्या आरोपमा बुवा पक्राउ


अंकुरण खबर
1.625K
Shares

बाँकेको कोहलपुरमा छोराको हत्या आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका-१२ चपरगौडीमा बुधबार राति करिब पौने १० बजे बुवाले छोराको हत्या गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काका अनुसार अन्दाजी ५० वर्षीय ठाकुरप्रसाद ओलीलाई हत्या आरोपमा नियन्त्रणमा लिएको छ ।

उनले घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको डिएसपी खड्काले बताए। गम्भीर घाइते भएका अन्दाजी १८ वर्षीय पोषण ओलीको उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घरायसी विवादपछि धारिलो हतियारले हानेर हत्या गरेको जनाइएको छ । प्रहरीले घटनामा थप अनुसन्धान अघि बढाएको छ ।