आगामी आर्थिक वर्षका लागि सरकारले यही शनिबार अध्यादेशमार्फत बजेट सार्वजनिक गर्ने भएको छ ।
अर्थ मन्त्रालयका अनुसार शनिबार अपराह्न ४ बजे बजेट सार्वजनिक हुने निर्णय भइसकेको छ ।
शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश पारित गरी बजेट सार्वजनिक गरिने छ । प्रधानमन्त्री कार्यालय वा राष्ट्रिय योजना आयोग कहाँबाट बजेट सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै टुंगो नलागेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै शुक्रबार दिउँसो २ बजे अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने निर्णय भएको छ । अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार अर्थ मन्त्रालयमा जुममार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गरिनेछ ।