logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन झण्डै १५ अर्बको कारोबार


अंकुरण खबर
1.469K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ ।

आज नेप्सेमा १४ अर्ब ७६ करोड ८८ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७७ जेठ १० गते सोमबार १३ अर्ब १७ करोड ५३ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

आज नेप्से १.२० अंकले घटेर दुई हजार आठ सय १५ दशमलब ४० विन्दुमा थामिएको छ भने आज कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह बढेका छन् ।

नेप्सेका अनुसार आज २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्श, कालिका पावर कम्पनी, अरुण काबेली पावर, रिडी हाइड्रोपावर  डेभलपमेन्ट कम्पनी र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

त्यस्तै, आज मेरो मााइक्रोफाइनान्स वित्तिय संस्था र समता घरेलु लुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ ।