logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

एमालेले सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई माग्यो स्पष्टीकरण


अंकुरण खबर
1.183K
Shares

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै एमालेले माओवादी नेतृत्वको सरकारमा सहभागी प्रदेशका तीन मन्त्रीलाई कारवाही प्रक्रिया थालेको हो ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण मागेको छ ।

सोमबार एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्योसँगै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।

बुधबार दलको बैठकले भने माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहेको निर्णय गरेको थियो ।