logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद अधिवेशनका लागि सिफारिस गर्न सभामुखलाई संविधानविदको सुझाव


अंकुरण खबर
767
Shares

संविधानका जानकारहरुले संसद अधिवेशनका लागि सिफारिस गर्न सभामुख अग्नीप्रसाद सापकोटालाई सुझाव दिएका छन् ।

बिहीबार सभामुखले कानुनविद्हरुसँग गरेको छलफलमा कानुनविद्हरुले संसद अधिवेशनका लागि सिफारिस गर्ने अधिकार सभामुखलाई समेत हुने सुझाव दिएका हुन्।

छलफलमा सहभागी अधिवक्ता टिकाराम भट्टराई सभामुखले संसद अधिवेशनका लागि सिफारिस गर्नुपर्ने बताए ।

अधिवेशन बोलाउने अधिकार राष्ट्रपतिलाई मात्रै भए पनि सिफारिस गर्ने अधिकार सभामुखलाई समेत हुने उनको भनाइ थियो ।

सभामुख सापकोटाले विहीवार प्रतिनिधिसभा विघटनबारे संविधानविद्, कानुनी तथा न्यायिक क्षेत्रका विज्ञहरुसँग छलफल गरेका हुन् ।