logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट


अंकुरण खबर
1.768K
Shares

नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अविक्ता विष्णुकुमार गिरीले राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

बिहीबार दायर रिटको पेशी जेठ २१ गतेका लागि तोकिएको छ । अधिवक्ता गिरीले पेशीका लागि जेठ २१ गते बिहान १० बजेका लागि बोलाइएको जानकारी दिए ।

प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता अध्यादेश जारी गरेकी हुन् । त्यसको चौतर्फी विरोध भइराखेका बेला सर्वोच्च अदालतमा त्यसविरुद्ध रिट परेको हो । रिटमा परमादेशको माग गरिएको छ ।

जेठ ९ गते राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपाधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् । प्रतिनिधिसभा भंग भएपछि संसदलाई छलेर अध्यादेश आएको भन्दै यसको विरोध भएको हो ।