logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुख सापकोटाले भने – संसद पुनःस्थापित गर्न असाधरण कदम चाल्न तयार छु


अंकुरण खबर
676
Shares

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापित गर्न असाधरण कदम चाल्न आफू तयार रहेको बताएका छन् ।

बिहीबार संसद विघटनबारे कानुनविद्सँगको छलफलमा सभामुख सापकोटाले संविधान, लोकतन्त्र र जनताको हितका लागि असाधारण कदम चाल्न पनि आफू तयार रहेको बताएका हुन् ।

उनले सबै परिस्थितिलाई मूल्यांकन गरेर संविधानको मर्म र भावना अनुसार अघि बढ्ने जानकारी दिए ।

दोस्रोपटक गरिएको संसद विघटनबारे सभामुख सापकोटाले संविधान र कानुनका जानकारहरुसँग परामर्श गरेका हुन्। छलफलमा सहभागी कानूनविदहरुले संसदको गरिमा, संविधानको रक्षा र लोकतन्त्रका लागि सक्रिय हुन सभामुखलाई सुझाव दिएका थिए ।