logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्यकर्मीमाथिको आक्रमण जघन्य अपराध : जनार्दन शर्मा


अंकुरण खबर
598
Shares

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चिकित्सक, स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्नु जघन्य अपराध रहेको बताएका छन्।

नेता शर्माले उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झनै गम्भीर विष बनेको बताउँदै दोषिमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पार्नसमेत आग्रह गरेका छन्।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी माथि वाड मै आक्रमण गर्नु जघन्य अपराध हो। उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको छ। दोषि माथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस्। सत्ताको अराजकता सबैतिर फैलिन थाल्यो यो गम्भीर विषय हो । म स्वास्थ्यकर्मीको साथमा छु।’