राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षा सञ्चालनका विषयमा सुझाब लिन गठन गरेको समितिले तीन विकल्पसहित प्रतिवेदन बुझाएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले तीन विकल्पसहितको प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई बुझाएको हो ।
कोभिड–१९ को संक्रमण उस्तै रहेमा, संक्रमण घट्दै गए पनि जोखिम उस्तै भएमा र संक्रमण घटेर सामान्य अवस्था भएमा के गर्ने भन्नेमा विभिन्न विकल्पसहितको प्रतिवेदन बुझाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष पौडेलले छिमेकी देशको अभ्यास र नेपालमा के गर्न सकिन्छ भन्ने विकल्पसहितको प्रतिवेदन आएको बताए ।
अब छिट्टै बोर्ड बैठक बसेर परीक्षाको विषयमा निर्णय गर्ने पौडेलको भनाइ छ ।