सुनको भाउ आज घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
आज छापावाला सुनको भाउ चार सय रुपैयाँले घटेर तोलामा ९३ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो छापावाला सुनको भाउ तोलामा ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी भने हिजो जस्तै तोलामा १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।