logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

चार पूर्वप्रधानन्यायाधीशको संयुक्त विज्ञप्ति : संविधान नै समाप्त हुने खतरा बढेर गयो


अंकुरण खबर
819
Shares

चार जना पूर्वप्रधानन्यायाधीशले संविधान नै समात्प हुने खतरा बढेको बताएका छन् ।

उनीहरूले प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ गइरहेको भन्दै संविधान नै समाप्त हुने खतरा बढेको बताएका हुन् ।

संविधानको धारा ७६ को प्रयोग सम्बन्धमा अहिले भइरहेका गतिविधिले संविधानको मर्मप्रतिकुल दिशातर्फ संविधान कार्यान्वयन भइरहेकाले संविधान नै समाप्त हुने खतरा रहेको चार जना पूर्वन्यायाधीशहरूले शुक्रवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

“संविधानको धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरु संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरित दिशा तर्फ संविधान कार्यान्वयन भइरहेको आभास हुन्छ ।” पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसले संविधान नै समाप्त हुने खतरा बढेर गएको छ ।”