logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज देशभर गरिएको १९ हजार ३ सय १३ पीसीआर र ७९७ जनाको एन्टीजेन परीक्षणका क्रममा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ । जसमध्ये १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित छन् । देशभर हाल ८०९ जनाक्वारेन्टाइनमा छन् ।

आज ९ हजार ८ सय ४१ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।